About Us

कम्पनीको उदेश्य

क) सहकारी क्षेत्र, कम्पनीहरु, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरु ईत्यादीको लागि आवश्यक व्यवस्थापन, प्रशासन, जनस्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, वातावरण, पर्यटन, आर्थिक तथा वित्तिय जस्ता विषयहरुमा विज्ञहरुबाट अनुसन्धान, प्रतिवेदन तयार पार्ने र पेश गर्ने ।

ख) विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, स्थानीय, प्रादेशिक र संघिय सरकारका विभिन्न निकाय, सहकारी क्षेत्र, निजी फर्म, कम्पनीहरु, विभिन्न तहका शैक्षिक संस्था, प्रतिष्ठान र विश्वविद्यालय ईत्यादीको लागि आवश्यक व्यवस्थापन, प्रशासन, जनस्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, वातावरण, पर्यटन, आर्थिक तथा वित्तिय विषयहरुमा विज्ञहरुबाट गरिएको अनुसन्धान र तयार पारिएको प्रतिवेदन सम्बन्धीत विषयको प्रतिष्पर्धामा भाग लिने गरी पेश गर्ने ।

ग) स्थानीय, प्रादेशिक र संघिय सरकारका विभिन्न निकाय, सहकारी क्षेत्र, कम्पनीहरु ईत्यादीको लागि आवश्यक निती तर्जुमा, योजना निर्माण, सर्वेक्षण, अनुगमन, मुल्याङ्कन, विश्लेषण र अन्य सम्वद्ध कार्यमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्था, विदेशी फर्म, कम्पनी र सम्वद्ध अन्य संस्थाहरु संग आवश्यक समन्वय तथा साझेदारी गरी आवश्यक परामर्श दिने ।

घ) विभिन्न प्रकारका आर्थिक तथा सामाजिक रुपान्तरण सम्बन्धी कार्यक्रमहरुको संचालनको लागि आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने ।     

ङ) व्यवस्थापन, प्रशासन, जनस्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, वातावरण, पर्यटन, आर्थिक तथा वित्तिय जस्ता विषयहरुमा स्थानीय, प्रादेशिक र संघिय सरकारका विभिन्न निकायको लागि तथ्याङ्क संकलन र विश्लेषण गर्ने ।

च) दिगो विकास लक्ष्य प्राप्तीमा सघाउ पुर्याउने विभिन्न विषयका विभिन्न तहका तालिम, गोष्ठी, सेमिनार इत्यादी कार्यक्रमहरु आयोजना गर्ने ।